९ कार्तिक २०८३, आइतबार

पाकिस्तानको पेशावरस्थित मस्जिदमा बम विस्फोट, २८ जनाको मृत्यु

  • १६ माघ २०७९, सोमबार
Image

काठमाडौं- पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा सोमबार बम विस्फोट हुँदा कम्तीमा २८ जना मारिएको र १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

मस्जिदमा उद्धारकार्य चलिरहेको पेशावरका कमिस्नर रियाज महसूदले बताएका छन्। घाइते भएका मानिसको अवस्था गम्भीर रहेको लेडी रेडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले बताए।

विस्फोटपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रहरी अधिकृत इजाज खानले मस्जिदको छानो खसेको बताए। केही जवानहरू भग्नावशेषमा पुरिएको र उद्धारकर्ताहरूले उनीहरूलाई निकाल्न कोशिश गरेको उनको भनाइ छ।

प्रधानमन्त्री शहबाज शरीफ लगायतका शीर्ष अधिकारीहरूले यस आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर