काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सत्ता साझेदारी नटुटोस् भन्ने कोसिस गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सत्ताबाट बाहिरिने संकेत गरेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो। मंगलबार पदाधिकारी बैठकपछि पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ।’
गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ।’
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्दै गृह मन्त्रालय आफूहरूलाई दिन माग गरेका थिए। गृह नदिए सरकारबाटै फिर्ता हुने चेतानवी उनले दिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation