८ कार्तिक २०८३, शनिबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

  • १९ माघ २०७९, बिहिबार
Image

काठमाडौं- कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ। बिहीबार बिहान ९ बजे  कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ। राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। 

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ।  राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ। राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो। सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ। कांग्रेस उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ। उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर