९ कार्तिक २०८३, आइतबार

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

  • २२ माघ २०७९, आइतबार
Image

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको छ। अधिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ छ। अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर