९ कार्तिक २०८३, आइतबार

माधव नेपाल भन्छन्- एमालेलाई सुदूरपश्चिमबाट धक्का दियौं, यो देशैभर फैलन्छ

  • २८ माघ २०७९, शनिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिइएको भन्दै देशैभरि यो क्रम बढ्ने बताएका छन्। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले एमालेले काम छैन भनेर आलोचना गरेको पार्टीले नै अब धक्का दिन सुरुवात भएको बताएका हुन्। 

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे। उनले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको टिप्पणी गरे।

उनले नेकपा एमालेले आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए। उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्नेसमेत बताए।


प्रतिक्रिया

सम्बन्धित खवर