८ कार्तिक २०८३, शनिबार

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत

  • २८ माघ २०७९, शनिबार
Image

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन्। यस्तै महासचिवमा युवा नेतृ रञ्जु दर्शना चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए।

८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए। काठमाडौंमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन्।

सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ। पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने समिति संयोजक दाहालले जानकारी दिए। 

केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उनले बताए। गत मंसिरमा रवीन्द्र मिश्रले राजीनामा दिएपछि बाँस्कोटालाई अध्यक्ष चयन गरिएको थियो। अहिले उनैलाई निरन्तरता दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर