८ कार्तिक २०८३, शनिबार

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

  • २९ माघ २०७९, आइतबार
Image

काठमाडौं- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८  हजार नाघेको छ भने हजारौं घाइते भएका छन्।

टर्कीमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन्।

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर