९ कार्तिक २०८३, आइतबार

कस्तो रहला आजको मौसम?

  • ३ फागुन २०७९, बुधबार
Image

काठमाडौं- देशभरको आजको मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहनेछ। आज बिहान प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

आज दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

आज राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर