८ कार्तिक २०८३, शनिबार

आजको मौसम : देशका केही भागमा आंशिक बदलीको सम्भावना

  • ४ फागुन २०७९, बिहिबार
Image

काठमाडौं- प्रदेश–१ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश-१ को  पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ। हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

प्रतिक्रिया

सम्बन्धित खवर