९ कार्तिक २०८३, आइतबार

मन्त्री किराँती भन्छन्- राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै हुन्छ

  • ५ फागुन २०७९, शुक्रबार
Image

पोखरा- नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिबाट हुने दाबी गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक भएकाले राष्ट्रिय सहमतिमै हुने दाबी गरे।

‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो। सबैको स्वीकार्य हुने, राष्ट्रिय सहमति बन्ने बाटोबाट राष्ट्रपति निर्वाचन हुनेमा ढुक्क हुनुस्,’ मन्त्री किराँतीले भने।

अहिलेको गठबन्धन फेरिने र कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउने भनी आएका समाचारमा सत्यता नभएको उनले बताए। मन्त्री किराँतीले भने, ‘कान मेरो यही छ, कागलाई मैले देखेको छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर