काठमाडौं- सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ। फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने गरी फिर्ता लिइएको जानकारी दिइन्।
उनले मण्डन देउपुर- ६, बेथानचोक- २, लिखु- ४, रघुगंगा- २, तातोपानी- ४, रिद्धिकोट- ३, रुरु क्षेत्र- ४ र अपि हिमाल- ४ गरी जम्मा आठ स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।
बिदालाई व्यवस्थित गर्न यसपटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation