९ कार्तिक २०८३, आइतबार

पीएनजीले नेपाललाई दियो २०४ रनको मध्यम लक्ष्य

  • १५ फागुन २०७९, सोमबार
Image

काठमाडौं- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनिया (पीएनजी)विरुद्धको खेलमा नेपालले २०४ रनको मध्यम लक्ष्य पाएको छ।

५० ओभरमा ९ विकेट गुमाउँदै उक्त योगफल तयार गरेको हो। टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरे। ९ ओभर बलिङ गरेका उनले २८ रन दिएर तीन विकेट लिए।

यसैगरी, कुशल मल्लले २ र सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक-एक विकेट लिए। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरे। ९ ओभर बलिङ गरेका उनले एक मेडनसहित जम्मा २२ रन खर्चिए। 

पीएनजीका लाथ चाँद सोपर र असद भालाले समान ३६ रन बनाए। यसैगरी सेसे बाउ ३१, किपलिन दोरिगा २९, नोर्मन भानु २५ र हिरि हिरिले १० रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।  ८ खेलको यो सिरिजमा नेपालले ७ वटा जितेमा उत्कृष्ट तीनमा पर्दै विश्वकप छनोट खेल्नेछ भने एकदिवसीय मान्यता कायम राख्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।


प्रतिक्रिया

सम्बन्धित खवर