काठमाडौं- यूएईलाई हराउँदै नेपाल यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ। घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू-१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो।
नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो। यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।
नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन्। युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए। त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।
नेपालका लागि दिपेश कँडेलले पाँच विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे। नेपालका लागि दिपेश कँडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे।
बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए। त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation