काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले ८८ बलमा रन ५० बनाएका हुन्। आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। अहिले नेपालले ३८ ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएर खेलिरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation