९ कार्तिक २०८३, आइतबार

माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने

  • २० फागुन २०७९, शनिबार
Image

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने बताए।

‘मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमती र त्यसको लिखित डकुमेन्ट नबनाइकन यथास्थितिमा विश्वासको मत नदिने भन्ने हो,’ उनले भने। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा माओवादीले दाबी गरेको थियो। तर यो विषयमा कुरा नमिलेका कारण माओवादीले विश्वासको मत नदिने भएको हो।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको छ। बैठकपछि माओवादी संसदीय दलका नेता भट्टले मुख्यमन्त्रीसँग छलफल पनि गरेका छन्।

शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर