काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
आज विहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'नेपालको तेस्रो राष्ट्रपतिको गरिमाय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।'
हिजो भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले फागुन २९ गते शपथ ग्रहण गर्नेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation