बारा- कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन्।
रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो।
वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए। राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा भूमाफियाले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation