९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

  • ५ चैत २०७९, आइतबार
Image

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन्। सत्ता साझेदार नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो।

गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिए सो गठबन्धन सरकारका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

यसअघि प्रचण्डले गठबन्धन सरकार बनाएकाले पहिलोपटक विश्वासको मत लिएका थिए । गठबन्धन सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया

सम्बन्धित खवर