९ कार्तिक २०८३, आइतबार

एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

  • ९ चैत २०७९, बिहिबार
Image

काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार नेपालमा हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो।

१० टिम रहेको प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा एकदिवसीय मान्यताप्राप्त ओमानसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन्। समूह ‘बी’ यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । खेल टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल वैशाख ५ मा मलेसियासँग खेल्नेछ। यो खेल टीयू क्रिकेट मैदानमा हुनेछ। यही दिन हङकङ र सिंगापुरले मुलपानी क्रिकेट मैदामा प्रतिस्पर्धा गर्नेछ।

वैशाख ६ गते टीयू क्रिकेट मैदानमा यूएई र कुवेतले प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा ओमान र कतारले खेल्नेछन्। वैशाख ७ गते टीयू क्रिकेट मैदानमा सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्नेछ। यता, मूलपानी क्रिकेट मैदानमा मलेसिया र साउदी अरबले प्रतिस्पर्धा गर्नेछ।

८ गते टियू मैदानमा नेपालले आफ्नो दोस्रो खेल ओमानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, मूलपानी क्रिकेट मैदानमा यूएईले हङकङसँग खेल्नेछ। ९ गते कतार र साउदी अरबबीचको खेल टीयू क्रिकेट मैदानमा हुनेछ। यही दिन मूलपानी क्रिकेट मैदानमा कुवेतले बहराइनसँग खेल्नेछ।

१० गते टीयू क्रिकेट मैदानमा यूएईले सिंगापुरसँग खेल्दा मूलपानी क्रिकेट मैदानमा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। ११ गते आयोजक नेपालले साउदी अरबसँग मूलपानी क्रिकेट मैदानमा खेल्दा यही दिन टीयू क्रिकेट मैदानमा हङकङले बहराइनविरुद्ध खेल्नेछ। १२ गते कुवेतले सिंगापुरसँग टीयू क्रिकेट मैदानमा खेल्दा मूलपानी क्रिकेट मैदानमा कतार र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

१३ गते ओमानले साउदी अरबसँग टीयू क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दा यता, मूलपानी क्रिकेट मैदानमा भने यूएई र बहराइनबीच खेल हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले १४ गते कतारसँग टीयू क्रिकेट मैदानमा खेल्नेछ । यही दिन हङकङ र कुवेतबीच मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल वैशाख १६ गते शनिबार हुनेछ । तेस्रो स्थानका लागि १७ गते हुनेछ । फाइनल खेल वैशाख १८ गते सोमबार हुनेछ। एसीसी प्रिमियर लिगको विजेताले एसिया कप २०२३ खेल्न पाउनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर