काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।
पेट दुखेर समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भए पौडेल निको भएर बुधबार डिस्चार्ज भएका हुन्। उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।
उपचारबाट निको भएपछि उनलाई डिस्चार्ज गरिएको हो। राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation