८ कार्तिक २०८३, शनिबार

कागेश्वरी मनोहरा नगरपालिकाले गर्‍यो १४ कारोड ८८ लाख राजस्व संकलन

  • ३ वैशाख २०८०, आइतबार
Image

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म्म १४ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ।

नगरपालिकाले चैत मसान्तसम्म १४ करोड ८८ लाख ६३ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको हो। चैत मसान्तसम्म नगरपालिकाले वडा नंम्बर १ बाट ४० लाख, वडा नम्बर २ बाट सबैभन्दा कम २१ लाख ५४ हजार रुपैयाँ र वडा नम्बर ३ बाट २५ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म  वडा नम्बर ४ बाट ५६ लाख ४ हजार रुपैयाँ, वडा नं. ५ बाट ९० लाख २४ हजार रुपैयाँ, वडा नं. ६ बाट १ करोड ६६ लाख ८४ हजार रुपैयाँ र  वडा नं. ७ बाट १ करोड ७१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ।

त्यसैगरी नगरपालिकाले वडा नम्बर ८ बाट एक करोड १६ लाख ७९ हजार रुपैयाँ र वडा नं. र ९ बाट  २ करोड ६४ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कागेश्वरी मनहराको १० नम्बर वडाबाट सबैभन्दा बढी ५ करोड ३५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष २०७९\८० को चैत महिनामा मात्रै एक करोड ७८ लाख ५१ हजार ३ सय १८ रुपैयाँ संकलन गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर