काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण मंगलबार एकैदिन २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको हो।
पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार २९२ जनाको स्वाव परीक्षण गर्दा थप एक सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।
हाल देशभर तीन सय ९७ जना सक्रिय संक्रमितहरू रहेका छन्। तीमध्ये संस्थागत आइसोलेसनमा २२ जना आइसीयूमा ८ जना र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation