काठमाडौं- चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचन अन्तर्गत इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गणना सकिएको छ।
उक्त वडामा खुसेको कूल ९४४१ मतमध्ये ९२४४ मत सदर भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाएका छन्।
लामिछाने ४ हजार ३५८ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ५४४ मत ल्याएका छन्। लामिछाने र न्यौपानेबीचको मतान्तर १८१४ रहेको छ।
यस्तै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठ भने तेस्रो स्थानमा रहेका छन्। उनले २ हजार २०५ मत प्राप्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation