८ कार्तिक २०८३, शनिबार

पानी परेपछि फेरि रोकियो नेपाल र कुवेतबीचको खेल

  • १६ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेपछि फेरि रोकिएको छ।  पानी परेर दोस्रोपटक नेपाल र कुवेतको खेल रोकिएको हो। पहिलोपटक नेपालले ब्यााटिङ गर्दा वर्षाका कारण रोकिएको थियो।

दोस्रोपटक कुवेतले ब्याटिङ गर्दा रोकिएको हो। वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २८१ रन बनाएको थियो।  तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।

जवाफी ब्याटिङ गरेको कुवेतले आठ ओभर ३ बलमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल रोकियो।  कुवेतलाई धरासयी बनाउने क्रममा नेपाली फास्ट बलर करण केसी एक्लैले ५ विकेट लिएका छन्।

५ कुवेती खेलाडी दोहोरो अंकमा रन नबनाइ आउट भएका छन्। वर्षा रोकिए फेरि ओभर घटाएर खेल हुनेछ। खेल रोकिएर नहुने स्थितिमा समूह विजेताको रुपमा नेपाल फाइनल पुग्नेछ। अहिलेकै अवस्थामा डिएल मेथड हिसाब भए पनि नेपाल बलियो अवस्थामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर