८ कार्तिक २०८३, शनिबार

बर्दिबासका मेयर प्रल्हाद क्षेत्री एक वर्षपछि कांग्रेसमै फर्किए

  • १६ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पुनः नेपाली कांग्रेसमै फर्किएका छन्। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा मेयर क्षेत्रीलाई पार्टी सभापति देउवाले कांग्रेसमा स्वागत गरेका हुन्।

एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीको बर्दिबास नगरपालिकामा उनले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरेर मेयर,उपमेयरसहित बहुमत वडाध्यक्ष आफ्नो प्यानलबाट जिताएका थिए।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीबाटै बागी उम्मेदवार बनेपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यतिबेला उनी पार्टीको महाधिवेशन प्रतिनिधि थिए। क्षेत्रीलाई पार्टीले साबिककै जिम्मेवारी दिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर