काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एसिया कप नेपालमा आयोजना गर्नका लागि पहल गर्न सरकारसँग माग गरेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललले मंगलबार विज्ञप्ति जारी गर्दै एसिया कप क्रिकेट आयोजना अनिश्चित बनिरहेका बेला नेपालमा आयोजनाका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसीसीसँग आजैदेखि पहल थाल्न र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गराउन माग गरेका छन्। यस्तै सभापति रवि लामिछानेले पनि एसिया कप क्रिकेट आयोजनाका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्ने उनको भनाइ छ। पाकिस्तानमा हुने भनिएको प्रतियोगिता खेल्न जान भारत नमान्दा प्रतियोगिता नै अनिश्चित बनेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation