९ कार्तिक २०८३, आइतबार

चुनावमा गरेको प्रतिबद्धतालाई सार्थक बनाउन मेयर कार्की कटिबद्ध

  • २८ वैशाख २०८०, बिहिबार
Image

काठमाडौं- कागेश्‍वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की चुनावमा गरेका प्रतिबद्धतालाई सार्थक बनाउन कटिबद्ध बनेका छन्।

नगरपालिकाका मेयर उपेन्द्र कार्कीले निर्वाचनअघि नै कागेश्‍वरी मनोहरालाई स्पोर्टस हबको रुपमा विकास गर्ने प्रतिबद्धता गरेका थिए। सोही प्रतिबद्धता अनुसार उनले कामको थालनी गरेका हुन्। 

नगरपालिकामा  बक्सिङ रिङ, भलिबल कोर्ट र रग्बी स्टेडियम बनाउनका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरिएको छ। नगरपालिका र राष्ट्रिय खेलकुद परिषद्‌बीच खेलकुद नगरी बनाउने सैद्धान्तिक सहमति भएको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए। 

नगरपालिकाका मेयर कार्कीले १ नम्बर वडामा बक्सिङ रिङ, वडा नम्बर ४ मा भलिबल कोर्ट र वडा नम्बर ७ मा रग्बी स्टेडियम बनाउने सहमति भएको हो। 


यसअघि कागेश्‍वरी मनोहरा खेलकुद पूर्वाधार निर्माणका लागि सार्वजनिक जग्गा पहिचान गर्ने, पूर्वधार निर्माणका लागि सहयोग गर्न दातृ निकायसँग समन्वय र छलफल अघि बढाउने, नेपालमा रहेका दूतावाससँग समन्वय गरेर विदेशमा रहेका खेलकुद हब भएका सहरको अध्ययन भएको थियो।  

चुनावको क्रममा कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने उनले घोषणा गरेका थिए सोही अनुसार अहिले विभिन्‍न कर्य हुँदैछ। उनकै पहलमा एसीसी मेन्स क्रिकेट मैदान बनाएर खेल नै आयोजना मुलपानीमा भएको क्‍यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए। क्यान अध्यक्ष चन्दले मेयर कार्कीले सहयोग नगरेको भए मुलपानीमा एसीसी प्रतियोगिता हुन गाह्रो भएको भन्दै प्रशंसा गरेका छन्। 

कागेश्‍वरी मनोहरालाई 'स्पोर्ट सिटी' बनाउन सम्भाव्यता अध्ययन गरिँदै

प्रतिक्रिया

सम्बन्धित खवर