९ कार्तिक २०८३, आइतबार

तिलौराकोट र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्।

उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने समेत बताए। राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने समेत उनले बताए। गोरखामा जीवन्त संग्रहालय बनाउने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर