८ कार्तिक २०८३, शनिबार

'राइडर सेवा प्रदायक कानुन' बनाइने

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनको व्यवस्था गर्ने घोषणा गरेको छ।

वार्षिक नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

‘निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनको व्यवस्था गरिनेछ,’ उनले भने। उच्च अदालत पाटनले ०७६ माघ २९ मा नै कानुन बनाएर राइडर सेवा नियमन गर्न आदेश दिएको थियो।

हाल नेपालमा पठाओ, टुटल, इन्ड्राइभजस्ता निजी तवरका राइड सेवा प्रदायकहरु सञ्‍चालनमा रहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर