९ कार्तिक २०८३, आइतबार

सरकारले 'हिमाल बचाउ अभियान' चलाउने, नदी किनारको बस्ती हटाइने

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- सरकारले 'हिमाल बचाउन अभियान' सुरु गर्ने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने जानकारी दिए। 

'जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने छ,' उनले भने, 'हिमाल बचाउ अभियान सुरु गरिने छ। अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने छ।'

त्यसैगरी नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन्।

'काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने छ,' उनले भने, 'काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरमा फोहोरमैलाको दिगो र भरपर्दाे व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ।'

प्रतिक्रिया

सम्बन्धित खवर