काठमाडौं- जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ।
शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको उडान नम्बर-५०२, ९एन-एजेएल विमानको उडान स्थगित भएको हो।
जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए।
‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे। हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन।’
अब काठमाडौंबाट जनकपुर आउने बुद्ध एयरको अर्को विमानबाट यात्रु पठाइने उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation