काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा लेखकले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडा निस्कर्षमा पुर्याउने प्रतिबद्धता जनाए।
'बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनि रुपणको सवाल, मेलमिलापको सवाललगायतका जति पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडोभन्दा चाँडो, हामी त्यसलार्ई टुंगोमा पुर्याउनेछौँ,' लेखकले भने, 'यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निस्कर्षमा पुर्याउनेछौँ ।’
चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरू सधैँका लागि निस्कर्षमा पुर्याइने उनको भनाइ छ। लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल हुने जानकारी दिए।
‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ। संसदबाट हामीले समितिमा पठाएका छौँ। समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ। यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ। हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ।' लेखकले सबै राजनीतिक दलहरू मिलेर देशको विकास गर्नुपर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation