९ कार्तिक २०८३, आइतबार

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

  • १५ जेठ २०८०, सोमबार
Image

काठमाडौं- सरकारले कर्मचारीलाई दिइने सबै प्रकारका प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन्।

उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए। यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर