९ कार्तिक २०८३, आइतबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

  • १९ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारिएको सो विधेयक वर्तमान मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए।

अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले संविधानका धाराको दुरुपयोग गरेको दाबी गर्दै शुक्रबार रिट दायर गरेका हुन् । सो रिटमाथि आइतबारका लागि पेसी तोकिएको छ। राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेपछि सो विधेयक राजपत्रमा प्रकाशित भई ऐनको रुपमा आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर