८ कार्तिक २०८३, शनिबार

भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियन्ससिपको उपाधि

  • २८ जेठ २०८०, आइतबार
Image

काठमाडौं- आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ। दोस्रो संस्करणको उपाधि भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जितेको हो। इंग्याल्डको ओभल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलिया २०९ रनले विजयी भयो।

टेस्टमा भारतले जितका लागि ४४४ रनको लक्ष्य पाएको थियो। तर, आइतबार पाँचौ दिन भारत २३४ रन बनाउँदा अलआउट भयो । र लगातार दोस्रोपटक फाइनलमा पुगे पनि उपविजेतामा सीमित हुन बाध्य भयो। खेलमा टस जितेर भारतले अस्ट्रेलियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो।

पहिलो इनिंग्समा अस्ट्रेलियाले ट्रेभिस हेड र स्टिभ स्मिथले शतक बनाएपछि ४६९ रन बनाएको थियो। भारतले चने पहिलो इनिंग्समा २९६ रन मात्र बनाउन सकेको थियो। पहिलो इनिंग्सका आधारमा १७३ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंग्समा ८ विकेटमा २७० रन बनाउँदा डिक्लियर गरेको थियो।

त्यसपछि भारतले ४४४ लक्ष्य पाएको थियो। जुन उसले पूरा गर्न सकेन। यसअघि २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल भारतलाई नै पराजित गर्दै न्यूजिल्यान्डले जितेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर