९ कार्तिक २०८३, आइतबार

रास्वपाको हविगत छिट्टै पुराना पार्टीको जस्तै हुनेछ : घनश्याम भूसाल

  • २३ असार २०८०, शनिबार
Image

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन्। 

दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको भनाइ थियो।

शनिबार काठमाडौंमा समाजवादी पेसागत कानुन व्यवसायी संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दल अघि बढ्न नसक्ने तर्क गरे।

मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे। उनले आफ्नो पार्टी मात्र दलाल पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्न दृढ रहेको बताए।

‘अहिले राजनीतिमा नयाँ भन्ने चिज आइराख्या छ। स्वतन्त्र भन्ने आइराख्या छ। तिनको पनि त्यही हविगत हुन्छ। किनभने ती कसैले पनि यो दलाल र पूँजीवादमाथि प्रश्न उठाएका छैनन्,' उनले भने, 'सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ। यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’

महासचिव भुसालले आफ्नो पार्टीले समाजवाद निर्माणको आधारहरू तय गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया

सम्बन्धित खवर