काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीमा एकले अर्कालाई सद्भाव राख्ने र सहयोग गर्ने संस्कार हराउँदै गएको बताएका छन् । उनले आफ्नै साथीलाई समस्या पर्दा खुच्चिङ भन्ने काम हुन थालेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै राणाले भने, ‘एउटै पार्टीको सदस्य भएर एकले अर्कोलाई गालीगलौज गर्नु भनेको आफूले आफूलाई गाली गर्नुजस्तै हो । र, आफूले आफूलाई गाली गरेर पार्टी बलियो हुन्छ भन्ने लाग्दैन ।’
पछिल्लो समय चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणलाई कारबाही गर्नुपर्ने माग गरिरहेका नेताहरूप्रति लक्षित गर्दै नेता राणाले पार्टी एउटा परिवारको रुपमा रहेको भन्दै कसैलाई अप्ठ्यारो परे साथ सहयोग गर्नुपर्ने स्मरण गराए ।
‘आफ्नै पार्टीको साथी समस्यामा पर्दा खेरि पार्टीभित्रकै साथीले खुच्चिङ भन्ने काम पनि गरिरहनुभएको छ, त्यो नगर्नुहोला । हामी एउटै परिवार पनि हो,’ उनले भने ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation