काठमाडौं - काठमाडौं महानगरपालिकाले नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएमा विद्यालयलाई कारबाही गर्ने जनाएको छ।
महानगरपालिकाले सबै विद्यालयलाई सम्बोधन गर्दै परिपत्र गरेको छ। महानगरपालिकाले भनेको छ, 'काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकोले तोकिएका विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ।'
महानगरपालिकाले यस परिपत्र विपरीत पोसाक किन्न लगाएको अवस्थामा काठमाडौं महानगरपालिका शिक्षा ऐन-२०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने जनाइएको छ।
भनिएको छ, 'कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन-२०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation