९ कार्तिक २०८३, आइतबार

‘लिटिल बुद्ध’ भनिएका बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद

  • २५ पुष २०८०, बुधबार
Image

काठमाडौं- प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेपछि घर खानतलासी गरेको थियो।

उनको घरबाट सीआईबीको टोलीले तीन करोडभन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन्।

उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइल समेत बरामद गरेको छ। सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो।

पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो। उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर