८ कार्तिक २०८३, शनिबार

भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो

  • ९ माघ २०८०, मङ्गलबार
Image

 काठमाडौ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलाे बनाएको छ ।यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर)  को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको छ । अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर