८ कार्तिक २०८३, शनिबार

सभापति देउवाले महासमिति बैठक तयारीका लागी तोक्यो संयोजक

  • २१ माघ २०८०, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका लागी उपसमिति संयोजक तोकेका छन्।

 

आगामी फागुन ७ देखि १० सम्म हुने लागी मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई महासमिति बैठकका उपसमिति संयोजक तोकेका हुन।

 

देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका छन्।

 

आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य बनेका छन् । भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणाले पाएका छन् भने, यातायात व्यवस्थापनमा धना खतिवडालाई जिम्मेवारी दिएको छ।

 

स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेतले  पाएका छन् त्यस्तै स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी.,र  प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ को जिम्मेवारी रहेको छ स्थानीय व्यवस्थापन  उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।


सभापति देउवाले महासमिति बैठक व्यस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरुले सफलतापुर्वक निभाउने विश्वास व्यक्त गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर