८ कार्तिक २०८३, शनिबार

क्यानडालाई चार विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हासिल,अन्तिम खेल सोमबार खेलिने

  • २७ माघ २०८०, शनिबार
Image

काठमाडौं -क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा  लगातार नेपालले दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको छ  । 

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर