काठमाडौं- नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको
अन्तिम तथा तेस्रो खेल आज हुनेछ। खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९
बजे देखि हुने भएको छ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो। आजको खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ।नेपाललाई घरेलु दर्शकको पनि साथ रहनेछ।एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ।
नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान
उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो
खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो।
यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।
रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ,
सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।
साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।
त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबिच
टी–२० शृङ्खला हुनेछ। यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation