९ कार्तिक २०८३, आइतबार

जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने ; सहमहामन्त्री उपाध्यायको धारणा

  • ७ फागुन २०८०, सोमबार
Image

२०८० फागुन ०७ सोमबार

काठमाडौं- नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन्। सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको उनले बताइन् ।

उनले कांग्रेसको नीति उत्कृष्ण बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो ।

हाम्रो गौरवाशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,” उनले भनिन् ।सहमहामन्त्री उपाध्ययायले मुलुकलाई अब कता लाने भन्ने अभिभार पनि नीति अधिवेशनको भएको जिकिर गरिन् ।

जनताको विश्वास कांग्रेसमा छ जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ । नेृउ छ । हामी स्थानीय तहमा हाम्रँे पार्टी ठूाले छ प्रदेशमा ठूलो पाटीृको स्थापित छ केन्द्रमा त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाई गर्नुपर्छ । जनताको जिवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ जनताले भनेका छन्,,” उनले थपिन्।

पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याया पाउने र न्याय दिने बवातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

यो मेरो पनि आवाज हो । हाम्रो अपनत्वमा बनेको संविधानको रक्षा जनआन्दोलनको मर्म र भावनलाई बोकेर अघि बढ्नुपर्छ । अन्याय भयो भन्नेलाई अभिलेखकिरण गर्र्दै सबैलाई न्याय दिने वातावरणमा सबै जुटौं,” उनले भनिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर