९ कार्तिक २०८३, आइतबार

उपसभापति खड्काको नीति प्रस्ताव : जिम्मेवार नेपाली कांग्रेस, समुुन्नत देश

  • ८ फागुन २०८०, मङ्गलबार
Image


गोदावरी, ललिपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् । 

ललिपुरको गोदावरिमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो । 

जिम्मेवार नेपाली कांग्रेस : समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलीत समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भुमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।”

उहाँले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक गतिविधलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर