२०८० फागुन ०८ मंगलबार
काठमाडौं- दार्चुलामा भिरबाट लडेर एक जना विद्यार्थीको
मृत्यु भएको छ । मंगलबार बिहान घरबाट विद्यालय जाने क्रममा रातोपौड भिरबाट लडेर मृयु भएको हो ।
दार्चुला नौगाड गाउँपालिका- ६ की १८ वर्षीया मनिषाको विद्यालय
जाने क्रममा मृत्यु भएको स्थानीय कृष्णसिंह ठगुन्नाले जानकारी दिएका छन।
स्थानीय कृष्णसिंह ठगुन्नाका अनुसार मंगलबार बिहान करिब ९
बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको हो ।
मनिषा स्थानीय मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा
अध्ययनरत थिइन् ।
विद्यालय जाने बाटोबाट करिब ५०० मिटर तल खसेकी मनिषाको
घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation