८ कार्तिक २०८३, शनिबार

नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि दियो २०४ रनको लक्ष्य

  • ११ फागुन २०८०, शुक्रबार
Image

काठमाडौं - कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्व लिग क्रिकेट-२ अन्तर्गत आजको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ। 

 त्रिवि  मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो। 

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन्। 

त्यस्तै, मलान क्रुगरले ३९ रन जोडे। ज्यान फ्राइलिंकले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए। कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिंगेन १० रन जोडेका हुन। 

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान दुई–दुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एक–एक विकेट लिएका छन।  

प्रतिक्रिया

सम्बन्धित खवर