८ कार्तिक २०८३, शनिबार

मिटरब्याज पीडितलाई तत्काल वार्तामा नबोलाए संसद् अवरुद्ध गर्ने, प्रजातन्त्र पार्टीको चेतावनी

  • १३ फागुन २०८०, आइतबार
Image

२०८० फागुन १३ आइतबार

काठमाडौँ- आइतबार मिटरब्याज पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले संसद् बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरेका थिए। 

सडक आन्दोलनमा रहेका मिटरब्याज पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ।   

उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आलटाल नगर्न आग्रह गरे । उनले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद् अवरुद्ध गर्ने चेतावनी दिएका हुन्।

अध्यक्ष लिङ्देनले मिटर ब्याजका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए ।

सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने उनले बताएका छन्। 

जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको जिकिर गरे । मिटरब्याजी समस्यामा सरकार उदासीन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताउदै,उनले  मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताए।

अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गरेका छन्। उहाँले मिटरब्याज पीडितको न्याय मार्च र हिडाइँले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताएका छन्। 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताए। अध्यक्ष लिङ्देनले गरिब जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजको समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर