९ कार्तिक २०८३, आइतबार

चरेससहित पाँच जना पक्राउ

  • १४ फागुन २०८०, सोमबार
Image

२०८० फागुन १४ सोमबार

काठमाडौँ- अवैध लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन्।  

अवैध लागु औषध चरेस जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित पाँच जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका-४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका-२ घर भई दाङ लमही नगरपालिका-४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न्। 

कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागु औषध चरेस जस्तो देखिने बस्तुसहित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका-१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेसजस्तो देखिने बस्तुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर