२०८० फागुन २० आइतबार
काठमाडौं- १.प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको भेटवार्ता

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् भेटवार्ता गरि अध्यक्ष ओली फेरि साँझ बालुवाटार पुगेका हुन्। अध्यक्ष ओली
महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।
२.धनकुटा सवारी दुर्घटनामा घाइते भएकामध्ये एक बालिकाको मृत्यु

धनकुटा सवारी दुर्घटनामा घाइते भएकामध्ये एक बालिकाको मृत्यु
भएको छ। पाख्रिबास नगरपालिका १० चुङमाङमा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा
घाइते भएकामध्ये मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ५ खोकु घर भई हाल पाख्रिबास १०
शिवालय बस्ने ९ वर्षीया बालिका संस्कृति राई रहेकी छन् । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
३.सडक व्यापारी होइनन् एमालेका कार्यकर्ता हुन बालेन् शाह

नगर प्रहरीले फुटपाथ व्यवसायीहरूलाई निर्घात कुटपिट गरेको
घटनाको प्रतिरक्षा गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उनीहरू सडक
व्यापारी नभएको र नेकपा एमालेका संगठित कार्यकर्ता भएको बताएका छन्।
यति मात्र नभइ मेयर शाहले नगर प्रहरीमाथि स्टिलको रडसहित
सांघातिक आक्रमण गरिएको दाबी इन्स्टाग्राममा पोस्ट गरेका छन्।
४.टिआरसी विधेयक संसद्बाट सर्वसम्मत पारित कसरी गराउने भन्ने
दाउमा माओवादी केन्द्र
टिआरसी विधेयक संसद्बाट सर्वसम्मत पारित गराउने कसरीमा
सत्तारुढ माओवादी केन्द्र रहेको छ महासचिव शंकर पोखरेल लिएर प्रधानमन्त्री निवास बालुवाटार
पुगेका ओली र दाहालबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसी संसद्बाट
सहमतिका आधारमा अगाडि बढाउने विषयमा छलफल भएको छ । टिआरसी विधेयक संसद्बाट सर्वसम्मत
पारित गराउने कसरीमा सत्तारुढ माओवादी केन्द्र रहेको छ ।
टीआरसी विधेयकमा प्रधानमन्त्री दाहालले आइतबार बिहान पनि
नेताहरुसँग छलफल गरेका छन्।
५.अनुसन्धानमा असर गर्नेगरी अराजक गतिविधि गरेको आरोपमा पुण्य
गौतम र युवराज सफल पक्राउ

अनुसन्धानमा असर गर्नेगरी अराजक गतिविधि गरेको र माहौल
भड्काएको आरोपमा पुण्य गौतम र युवराज पौडेल (सफल) लाई त्रिवि शिक्षण अस्पताल
परिसरबाट पक्राउ परेका छन्। शालिन पोखरेलको मृत्यु भएको घटनामा अराजक गतिविधि
गरेको आरोपमा प्रहरीले उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको
हो।
६.कवाडी हटाउने निर्णयविरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिए

काठमाडौं महानगरपालिकाको कवाडी हटाउने निर्णयविरुद्ध कवाडी
व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार 'गरी खान देऊ' भन्दै विरोध प्रदर्शन गरेका छन् । महानगरपालिकाको
मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाडी व्यवसायीलाई ७
देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक पत्र पठाएपछि व्यवसायी आन्दोलित बनेका हुन्।
७.युवक मृत्यु प्रकरणमा कंन्चनपुरका वडाध्यक्ष सहित ६ युवक
पक्राउ
युवक मृत्यु प्रकरणमा वडाध्यक्षसहितका युवक पक्राउ परेका छन्। २४ वर्षीया राना
गाउँनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उति वेला उनको आत्महत्या भएको
हुन सक्ने भन्दै सोहीअनुरूप मृतक परिवारले कसैविरुद्धमा उजुरी दिएको थिएन। गत
माघमा मृतक परिवारले वडाध्यक्षसहितका युवकविरुद्धमा किटानी जाहेरी दिएपछि प्रहरीले
बेलौरी नगरपालिका- ९ का वडाध्यक्ष किसान रानासहितका ६ युवकलाई पक्राउ गरेको छ।
८.हिउँ परेपछि उपल्लो मुस्ताङका स्थानीयवासी चिसो छल्न तल्लो
मुस्ताङ झरे

हिउँ परेपछि उपल्लो मुस्ताङका स्थानीयवासी चिसो छल्न तल्लो
मुस्ताङ झरेका छन्। शनिवार रातिदेखि परेको हिमपातले उपल्लो मुस्ताङको जनजीवन
प्रभावित बनेको हो। बिजुली बत्ती र टेलिफोन सेवा अवरुद्ध हुनुका साथै कोरला
राजमार्ग पनि अवरुद्ध भएको छ। अत्यधिक चिसोका कारण सवारी साधन पनि ठप्प छन् । घरहरू हिउँले
ढाकिएका छन् ।
९.नेपाल तरूण दलका सदस्य माथि भएको पेस्तोल आक्रमणको सत्य तथ्य
र निष्पक्ष छानवीन गर्न दलको जोडदार माग

तरुण दलले शनिबार विज्ञप्ति जारी गरी दलका सदस्य विनोद गिरी
माथि भएको पेस्तोल आक्रमणको सत्य तथ्य र निष्पक्ष छानवीनको माग गरेको छ । दलका अध्यक्ष विदान गुरुङदारा जारी विज्ञप्तिमा अपराधिक कृयाकलापमा
संलग्न सम्पुर्ण व्यक्तिहरूलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।
ज्यानै मार्ने उदेश्यले तरूण दलका सदस्य माथि गरिएको
पेस्तोल आक्रमणको दल घोर भर्त्सना गर्दै, सो घटनाको सत्यतथ्य छानवीन गरी जनता समक्षल्याई आम नागरिकहरूमा
देखिएको त्रास र भयको वातावरण अन्त्य गर्न र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति
दिन नेपाल तरूण दलले सरकारसँग जोडदार माग गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation